सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको हसनपुरमा जनता बैंकको एटिएम सेवा

२०७५ फाल्गुन २८, ०७:३४ खबर संवाददाता

धनगढीको हसनपुरमा जनता बैंकको एटिएम सेवा सुरु गरिएको छ। एटिएम सेवाको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले उद्धघाटन गरिन्। उद्धघाटन गर्दै उप मेयर भट्टले ऋणमा महिलाको पहुँच बृद्धी गर्न बैंक तथा बित्तिय संस्थाहरु संग आग्रह गरेकी छन्।

पुरुषको तुलनामा महिलाहरुको बैंक तथा बित्तिय संस्थाहरुबाट ऋण प्राप्त गर्ने संस्था न्यून रहेको छ उप–प्रमुख भट्टले भनिन्‘ त्यसैले कसरी महिलाहरुलाई आर्थिक गतिविधीमा जोड्न सकिन्छ त्यसमा ध्यायन दिन म आग्रह गर्दछु।
जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम क्षेत्रीले आफुहरु पछाडी परेका बर्ग र सिमान्तकृतहरुलाई सबै प्राथमिकतामा राखेर काम गरिरहेको बताए। जनता बैंक प्रादेशीक प्रमुख मुकुन्द भट्टले सेवाग्राहीलाई सहजरुपमा सेवा दिने उदेश्यले एटिएम सेवा बिस्तार गरिएको बताए। उनले भने, हामी अन्य सेवा समेत बिस्तार गर्दै लगिरहेका छौं ।

कमेन्ट लोड गर्नुस