धनगढीमा चुन्नु जुस पसल सञ्चालन, आम्दानीको २५ प्रतिशत सामाजिक कार्यमा
आम्दानीको २५ प्रतिशत सामाजिक कार्यमा लगाउने गरि धनगढीमा जुस पसल संचालन गरिएको छ। सामाजिक अभियान्ता तथा धनगढीका युवा चुन्नु केसीले धनगढीका विभिन्न स्थानमा चुन्नु लसी तथा उखु जुस पसल सञ्चालन गरेका हुन। गर्मी मौसममा जुसको कारोवार राम्रो हुने र मानव स्वास्थ्यलाई आवश्यक पनि पर्ने भएकाले जुस पसल सञ्चालन गरेको सञ्चालक चुन्नु केशीले बताए।
धनगढीका पाँच स्थानमा क्याम्पसरोड, चौराह, डिभोटी चौक र पार्कचौकमा जुस पसल सञ्चालन गरिएको हो। लामो समय देखि सामाजिक कार्यमा सक्रिय केशीले धनगढीका पाँच जुस पसलबाट आम्दानी भएको रकमको २५ प्रशित सामाजिक कार्यमा लगाउने बताए। समस्यामा परेका बिभिन्न व्यक्ति वा संस्थाहरुलाई रकम हस्तान्तरण गर्ने उनले बताए।