दार्चुलामा ४ लाख बढी नगदसहित ११ जुवाडे पक्राउ
धनगढी: दार्चुलामा ४ लाख बढी नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन्। प्रहरीका अनुसार जिल्लाको महाकाली नगरपालिका-४ तिन्करखेडाबाट ४ लाख २ हजार ३ सय ६० नगदसहित ११ जना जुवाडे पक्राउ परेका हुन्।
प्रेमसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित शंकर बुढाथोकी, असपाल बुढाथोकी, सुरेन्द्र धामी, कमल धामी, नरेन्द्र ठगुन्ना, भुवनेश बुढाथोकी, चक्र बुढाथोकी, मुकेश बोहरा, राजेन्द्रसिंह डडाल र इन्टुक लामालाई प्रहरीले पक्राउ गरेको हो। जुवाखालबाटै पक्राउ गरिएका उनीहरुमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।