सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

२०७९ असोज १६, ०४:२९ खबर संवाददाता

धनगढी: बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार जिल्ला अदालतभित्रै एक कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको कार्यालयका सहायक कर्मचारी लक्ष्मीदत्त पन्तले बताए। कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने र निर्वाचन आचारसंहिता पालना गरे, नगरेको अनुगमन गर्नेछ।

कार्यालय स्थापनामा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका साथै जिल्लास्थित राजनैतिक दलका पदाधिकारीहरुको सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस