सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको निङ्गलाशैनीमा जात्रा, पशुबली दिइने 

२०७९ असोज १६, ०३:१५ खबर संवाददाता

बैतडीः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको छ। दशरथचन्द नगरपालिका २ देहीमाडौंमा रहेको उक्त मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो।

निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराका अनुसार घटस्थापनादेखि नित्य पूजा भइरहेको मन्दिरमा महासप्तमीको अवसरमा विषेश पूजाआजासहित जात्रा सुरु भएको छ।

हरेक वर्ष महाष्टमीमा निङ्गलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका पुर्‍याउने चलन रही आएको छ। महाष्टमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ। महाअष्टमीका दिन सुदूरपहाडकै सबैभन्दा बढी पशुबली यहाँ दिइन्छ। 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनसमेत आउने गरेका छन्। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ। यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्न देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ।
 

कमेन्ट लोड गर्नुस