सुदूरपश्चिमका तीन नदीमा जलयात्रालाई व्यवसायिकता दिने प्रयास
सुदूरपश्चिमका तीन वटै ठुला नदीमा जलयात्राको सफल परिक्षणपछि व्यवसायिकता दिने प्रयास भईरहेको छ। अहिले सम्म नीजि क्षेत्रले व्यवासायीक रुपमा सुदूरपश्चिममा ¥याप्टिङ नगरेपनि सफल परिक्षणपछि भने विभिन्न क्षेत्रबाट व्यवसायिकता दिने प्रयास भईरहेको हो। महाकाली नदीमा तीन स्थानमा, सेती नदीमा २ तथा कर्णाली नदीमा एक स्थानबाट व्यवसायीक रुपमा जलयात्रा गर्न परिक्षण सफल भईरहेको छ।
कर्णाली टुर एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक देवराज जैशीले सुदूरपश्चिमका तीन ठुला नदीहरु कर्णाली, महाकाली र सेती नदीमा ¥याप्टिङको सफल परिक्षण भईसकेको बताए। महाकाली नदीमा दार्चुला, डडेल्धुरा र कञ्चनपुरको क्षेत्रमा ¥याप्टिङको सफल परिक्षण भईरहेको छ। महाकाली नदीमा पहिलो पटक साहसिक जलयात्रा (¥याफ्टिङ्ग) को परिक्षण गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ मुसेट्टीदेखि खल्लासम्म परीक्षणका रुपमा ¥याफ्टिङ्ग गरिएको थियो।
महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पर्यटन प्रवद्र्धनका लागि महाकाली नदीमा ¥याफ्ङ्गि परीक्षण गरिएको थियो। अव नदीमा ¥याफ्ङ्गि व्यवसायिक रुपमा गर्नका लागि भारतको सहमती कञ्चनपुरको भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले जानकारी दिए। भारतीय पक्षले नदीमा ¥याफिट्ङ्ग सञ्चालन गर्दै आए पनि नेपालले हालसम्म नियमित रुपमा सञ्चालन गर्न सकेको छैन्।
परशुराम नगरपालिकाले पनि सम्भावना परीक्षण गरी धार्मिक महामहोत्सव अवधिभर ¥याफ्टिङ्ग सञ्चालन गरिसकेको छ। कलपट्टेबाट परशुरामधाम रहेको स्थान बाङघाटसम्म ४.५ किलोमिटरको जलयात्रा गरिएको थियो। महाकाली नदी किनारमा रहेका चार धाम मध्येको एकधाम परशुरामधामलाई धार्मिक सर्किटसँग जोड्न ¥याप्टिङ सबैभन्दा महत्वपूर्ण सावित हुने भएकाले नगरपालिका र नीजि क्षेत्रबाट अहिले नियमित ¥याप्टिङको प्रयास भईरहेको परशुराम नगरपालिकाका मेयर भीमवहादुर साउदले बताए। सेती नदीमा हिजोआज दिनहुँ जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ तर व्यवसायिक रुपमा नियमित ¥याप्टिङ नै भने सुरु भएको छैन्।
शिखर नगरपालिकाको भागेश्वर मन्दिरदेखि दिपायलमा रहेको पुरानो झोलुङ्गे पुलसम्म करीब डेढ घण्टा सेतीमा जलयात्रा गराउँदै आएको छ। यस्तै विभिन्न मेला महोत्सवमा पनि सेती नदीमा ¥याप्टिङ हुँदै आएको छ। डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक वहादुर खड्का सेती नदीमा ¥याप्टिङलाई व्यवसायिकता दिने प्रयास भइरहेको बताए। सुदूरपश्चिम भएर बग्ने सेती, महाकाली र कर्णाली नदीमा व्यवसायीक ¥याप्टिङको सम्भावना निकै बढि भएपनि तीन वटै नदीमा छुट्टाछुट्टै महत्व पनि रहेको छ।
सेती र कर्णाली नदीमा जलयात्रा गर्दा नदीका तीरमा रहेका मनोहक दृष्य तथा सेतीमा माछा खेलिरहेको दृष्यको अवलोकन गर्न पाइन्छ। नदी क्षेत्रमा बस्ने चराको बासस्थानमा पुग्दा छुट्टै खालको आनन्द महसुस गर्न सकिन्छ। तर महाकाल िनदीमा गरिने ¥याप्टिङको त छुट्टै महत्व छ। अन्तराष्ट्रिय सीमा भएर बग्ने नदीमा ¥याप्टिङ गर्दा दुवै देशको अवलोकन गर्न पाईन्छ। तीन वटै नदीमा व्यवसायीक जलायात्रा सुरु गरि भारतका नजिकका प्राप्तमा प्रचार प्रशान गर्न सके पर्यटकको आकर्षण बढ्ने देखिन्छ।