सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ असोज १२, ०८:३५ खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी दुई हजार ८१८ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो।

त्यस्तै कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ भने थप ५२ जना कोरोना संक्रमित निको भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ११ सय २२ जना रहेको छ। 

कमेन्ट लोड गर्नुस