सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द

२०७९ असोज ११, ०९:५०

कैलाली: कैलालीको टीकापुरमा करोडौं लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको छ। तीन करोड ५६ लाख, ३६ हजारको लागतमा बनाइको च्याम्बर गत वर्षसम्म कहिलेकाहीँ सञ्चालनमा आए पनि यस वर्ष भने केराको याम सकिन लाग्दासमेत बन्द छ।

आफ्नै गाउँ ठाउँमा केरा पकाउने च्याम्बर निर्माण हुँदा खुसी भएका यहाँका केरा किसानदेखि उपभोक्ता अहिले च्याम्बर बन्द भएपछि निरास भएका छन्। च्याम्बर बन्द भएपछि यहाँका नागरिकले विषादी प्रयोग नभएको केरा खान पाउने अधिकार कुण्ठित भएको स्थानीयवासी काशीराम कार्कीेले बताए। 

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको अनुदानमा प्रालीले च्याम्बर सञ्चालनमा ल्याएको थियोे। पाँच वटा च्याम्बरमा प्रत्येक पटक एक सय ५० टन केरा पकाउन सकिने व्यवस्था थियो। च्याम्बरमा राखेको पाँच दिनमा केरा बजार पठाउने गरिन्थ्यो।

च्याम्बर निर्माणका लागि रानी जमरा टीकापुरस्थित कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले रु एक करोड, ९० लाख, आठ हजार पाँच सय ९१ अनुदान सहयोग गरेकामा च्याम्बर सञ्चालक कर्णाली कृषि सेवा प्रालीले रु एक करोड, ६६ लाख, २७ हजार, छ सय ४५ लगानी गरेको थियो। कर्णाली कृषि सेवा प्रालीकोतर्फबाट सुरुमा तीन जनाले लगानी गरे पनि अहिले आफू त्यसबाट बाहिरिसकेको र कागजी प्रक्रियामात्र मिलाउन बाँकी रहेको सुरुका लगानीकर्तामध्येका एक वीरेन्द्र ढुङ्गानाले बताए।

अर्का एक जनाको बीचमै निधन भइसकेको र अहिले च्याम्बरको सञ्चालन गर्ने जिम्मा सुरुका लगानीकर्तामध्येका एक शिलाकान्त झाको छ तर उनले सम्पर्कमा नरेहको स्थानीयवासीले बताए। च्याम्बरमा काम गर्ने र त्यसको रेखदेख गर्ने जिम्मा पाएका राजु ढुङ्गानाका अनुसार झा केही दिनदेखि सम्पर्कमा आएका छैनन्। 
 

कमेन्ट लोड गर्नुस