सुशासन सम्बन्धी अन्तरक्रिया सम्पन्न
धनगढीमा सुशासन सम्बन्धीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल व्यवस्थापन समिति सुदुरपश्चिम च्यापटरको आयोजनामा आज सुशासन सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागीहरुले राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाएर जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नतर्फ ध्यान दिनुपर्ने बताएका छन्। राज्यले हरेक नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराउदै सुशासनको अनुभुती गराउनेपर्ने सुझाव दिईएको छ।