सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जीप दुर्घटनामा हुँदा एकको मृत्यु, हामफालेर आठ जना बचे  

फाइल फोटो
फाइल फोटो
२०७९ असोज ७, ०५:४८ खबर संवाददाता

धनगढी: दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका लटिनाथबाट अपिहिमाल गाउँपालिका–५ तिम्ला जाँदै गरेको म १ ज २३३ नम्बरको बोलेरो जीप साँझ साढे ८ बजे तिर दुर्घटना भएको हो।

जीप दुर्घटना हुँदा अपिहिमाल गाउँपालिका–६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले बताएको छ। अन्य जीपमा सवार ८ जनाले भने हाम फालेर ज्यान बचाएका छन्। जीप सडकबाट लगभग २ सय मिटर तल खसेको छ।

कमेन्ट लोड गर्नुस