सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९ असोज ६, ०९:१० खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी तीन हजार २६२ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यस्तै, १३७ जना निको भएका छन्। देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४०५ जनामा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस