मालिकार्जुन दार्चुला सेवा समिति योग केन्द्रको ३ दिने योग शिविर सुरु
धनगढी: मालिकार्जुन दार्चुला सेवा समिति योग केन्द्रको ३ दिने योग शिविर सुरु भएको छ। केन्द्रको प्रथम वार्षिकोत्सवका अवसरमा ३ दिने योग शिविर बिहीबारबाट सुुरु भएको हो।
आजदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागिएको बताइएको छ। केन्द्रका अध्यक्ष महेन्द्रराज पन्तको सभापतित्व, पतञ्जलि योग समितिका केन्द्रीय प्रभारि लवदेव मिश्रको प्रमुख आतिथ्य र प्रदेश प्रभारि काशीनाथ भट्ट र जिल्ला अध्यक्ष श्यामराज श्रेष्ठको विशिष्ट आतिथ्यमा कार्यक्रम सुरु गरिएको छ।