दार्चुलास्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला
२०७९ असोज ५, ०७:४९
धनगढी: दार्चुलास्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको महाकाली नगरपालिका ५ खेट्टेबगरस्थित महाकाली नदीको किनारामा एक पुरुषको शव फेला परेको हो।
हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस