सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने

२०७९ असोज ३, ०३:१९ खबर संवाददाता

धनगढीः नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ। संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ।

जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि यो शुल्क १५० रुपैयाँ थियो। दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ। कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँसम्म बढेको संघले जनाएको छ।

सबै कुरामा महंगी बढेका कारण सैलुन सेवामा सामान्य वृद्धि गरेको संघको काठमाडौं जिल्ला समिति अध्यक्ष राजेश ठाकुरले बताए। ‘बजारभाउ आकासिएको छ । घरबहाल बढिरहेको कारण पैसा तिर्न हम्मे परिरहेको छ। त्यसैले शुल्क बढाउन बाध्य भएका हौं,’ उनले भने।

कमेन्ट लोड गर्नुस