सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा खानीभित्र बाढी पस्यो, चौध जनाको मृत्यु

२०७९ असोज २, ०१:०८ खबर संवाददाता

बेइजिङः राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्। यो महिनाको सुरुमा त्यहाँ पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको चीनका सरकारी अधिकारीहरूले आइतबार जनाएका छन्।

खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जनाएको छ। हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ । चीनमा वर्सेनि खानी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा अधिकांश मजदुरले ज्यान गुमाएका छन्।


 

कमेन्ट लोड गर्नुस