बैतडीको सुर्नयाका एक कार्यपालिका सदस्यको निधन
२०७९ असोज १, १०:५३
धनगढी: बैतडीको सुर्नया गाउँपालिकाका एक कार्यपालिका सदस्यको निधन भएको छ। सुर्नया-५ घर भएका ५७ वर्षीय प्रेम लुहारको शनिबार निधन भएको हो।
उनी एकीकृत समाजवादीबाट कार्यापालिका सदस्यमा निर्वाचित थिए। उनी शारीरिक रुपमा अस्वस्थ रहेका र एक हप्ता पहिले मात्रै अस्पतालबाट घर फर्किएका बताइएको छ। उनको आज आफ्नै घरमा निधन भएको जनाइएको छ।
कमेन्ट लोड गर्नुस