कञ्चनपुरको कृष्णपुरमा जग्गा नापनक्सा कार्य सुरु
धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जग्गा नापनक्सा कार्य सुरु गरिएको छ। मंगलबार नगरपालिकाको वडा नम्बर १ पुतलीबजारबाट जग्गा नापनक्सा कार्य सुरु गरिएको हो।
आज नै वडा नम्बर २ को अठन्निफाँटाबाट पनि जग्गा नापनक्सा कार्य सुरु गरिएको बताइएको छ। नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सो कार्य सुरु गरेको हो। बुधबार दिउँसो १ बजे वडा नम्बर ९ मा पनि जग्गा नापनक्सा कार्य शुभारम्भ हुने जनाइएको छ।
नगर प्रमुख हेमराज ओझाले नगरबासीलाई जग्गाधनी पुर्जा छिटोभन्दा छिटो दिलाउन आफू रातसाँझ नभनी काम गर्न तत्पर रहेको बताए। उनले उक्त कार्य शुभारम्भ गर्न पाउँदा आफू खुसी भएको बताउँदै वडाबासीलाई बधाई दिए।