सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्रालयले भन्योः पूरा बाहुला भएको लुगा लगाउनू

२०७९ भदौ २७, ०१:२१ खबर संवाददाता

काठमाडौंः स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ। लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको पोशाक लगाउन आग्रह गरेको हो।

मन्त्रालयले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘डेंगु रोगको संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्त सफा राख्नुहुन र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ।’

डेंगु एडिज नामको लामखुट्टेको टोकाइबाट सर्छ। यो लामखुट्टे विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुन्छ। त्यसैले डेंगु रोग लाग्नबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो। मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सन्चालन गरिरहेको छ। डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको सहप्रवक्ता अधिकारीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस