सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुकमा 'दलित' भन्दै अपशब्द लेख्ने बैतडीका एक जनालाई दुई महिना कैद 

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ २६, ०८:११ खबर संवाददाता

धनगढी: बैतडीमा सामाजिक सञ्जाल फेसबुकमा दलित भन्दै अपशब्द लेख्ने एक जनालाई दुई महिना कैद सजाय सुनाइएको छ। सामाजिक सञ्जालबाट जातीय अपहेलना हुनेगरी गालीगलौज गरेका जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ का प्रकाश चन्दलाई दुई महिना थुनामा राख्ने जिल्ला अदालतले फैसला गरेको हो।

अदालतले उनलाई दुई महिना थुना, २५ हजार रुपैयाँ क्षतिपूर्ति र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। चन्दले २०७८ वैशाख ३ गते फेसबुकबाट मेलौली नगरपालिका-५ का बलभद्र दयाललाई 'नेपालमा दयाल भनेका डुम रहेछन् कि ? जस्तै बलभद्र दयाल' भनेर लेखेका थिए। दयालले बैशाख ७ गते उनीविरुद्ध उजुरी दिएका थिए। चन्द अहिले प्रहरीको फरार सूचीमा रहेका र उनी भारतमा बस्दै आएका बताइएको छ।  

कमेन्ट लोड गर्नुस