सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा हल्ला गरेको भन्दै विद्यार्थीमाथि कुटपिट, कारबाहीको माग 

२०७९ भदौ २६, ०२:०२ खबर संवाददाता

धनगढीः बैतडीमा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय, बैतडीमा धर्ना दिएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीका विद्यार्थीले धर्ना दिएका हुन्। 

दशरथचन्द माविमा भलिबल खेल्दा हल्ला भएको भन्दै एक विद्यार्थीमाथि कुटपिट भएपछि उनीहरु विरोधमा उत्रिएका हुन्। विद्यालय नजिकै घर भएका स्थानीय सुदीप चन्दले विद्यालयमै आएर कक्षा ९ मा अध्ययनरथ विद्यार्थी प्रेम चन्दमाथि कुटपिट भएको बताइएको छ। 

कुटपिट भएपछि विद्यार्थीहरुले न्याय माग गर्दै जुलुससहित जिल्ला प्रशासन कार्यालय, बैतडीमा धर्ना दिएका हुन्। कुटिएका प्रेम चन्दको घाँटी, हात र ढाडमा चोट लागेको छ। भलिबल खेलाइरहेका नेपाली सेनाका खेल प्रशिक्षकमाथि पनि अभद्र व्यवहार गरेको विद्यार्थीहरुको भनाई छ। यता, कुट्ने पक्षले भने कुटपिट नगरेको तर हल्ला नगर्न भनेर सम्झाउको दाबी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस