सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २३० जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

२०७९ भदौ २२, ०९:०९ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३६ जनाको परीक्षणमा २३० जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको छ। पछिल्लो २४ घण्टामा ७८ जना संक्रमणमुक्त भएका छन्।

कमेन्ट लोड गर्नुस