सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको भ्रष्टाचार नियन्त्रण गर्न धनगढीमा युवा सम्मेलन हुने

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ २२, ०२:४५ खबर संवाददाता

धनगढीः धनगढीमा भ्रष्टाचारविरुद्ध प्रथम सुदूरपश्चिम युवा सम्मेलन हुने भएको छ। बास नेपाल सुदूरपश्चिमले भाद्र २५ गते धनगढीमा युवा सम्मेलनको आयोजना गर्न लागेको हो।

सम्मेलनमा प्रदेशका ९ ओटै जिल्लाका झण्डै एक हजार भन्दाबढी युवाहरुको सहभागीता रहने जनाइएको छ। सुदूरपश्चिममा बढ्दो अनियमितता र भ्रष्टाचारको क्षेत्रमा युवाहरुको भुमिका, भ्रष्टाचार न्युनिकरण र सुशासन कसरी कायम गर्न सकिन्छ ? भनेर सम्मेलनको आयोजना गरिएको बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले बताए। 

उनले भ्रष्टाचारविरुद्धको युवाहरुलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहीता र असल शासनको अभियानमा सहभागी गराउन प्रदेश सम्मेलनको मुख्य उद्येश्य रहेको बताए। 

कमेन्ट लोड गर्नुस