एसिया कपमा भारतको लगातार दोस्रो हार
२०७९ भदौ २२, ०५:५३
काठमाडौँ: युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। दुबईमा मंगलवार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो।
भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो।
कमेन्ट लोड गर्नुस