सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट मन्त्री बनेका कुँवर ‘हिरा लुटेरा’को बर्थडे पार्टीमा 

२०७९ भदौ २१, ०६:१२ खबर संवाददाता

धनगढी: श्रम तथा रोजगारमन्त्री हिरा लुटपाटमा दोषी ठहर भएका व्यक्तिको जन्मदिनमा अतिथि बनेका छन्।  सोमबार कुँवर सुजन आचार्यको जन्मदिनको पार्टीमा प्रमुख अतिथि बनेका हुन्। उनले त्यहाँ समारोहमा उनले बर्थ डे केक काटेर भाषण पनि गरेका छन्। 

सुजन आचार्य हिरा लुटपाटमा दोषी ठहर भएर २ वर्ष कैद समेत बसेर छुटेका व्यक्ति हुन्। आचार्य केही महिना अगाडि मात्रै एक नायिकाको अश्लील भिडियोमाथि ब्ल्याकमेलिङ घटनामा पक्राउ परेर केही दिनपछि धरौटीमा छुटेका थिए।
तर उनकै जन्मदिनको अवसरमा एक पाँचतारे होटलमा मन्त्री पुगेपछि उनको आलोचना भएको छ।  प्रमुख अतिथि बनेर पुगेका मन्त्री कुँवरले संक्षिप्त मन्तव्य राख्दै आचार्यलाई युवा व्यवसायी भन्दै प्रशंसा समेत गरेका थिए। 

‘टिभी टुडेका अध्यक्षज्यू, प्रधान सम्पादकज्यू, युवा व्यवसायी सुजन आचार्यलाईलाई हार्दिक बधाई दिन चाहान्छु’, मन्त्री कुँवरले भनेका छन्, ‘अरु देशका मान्छेले १५ वर्षमा यति बिलियन डलर कमायो, २० वर्षमा यति बिलियन डलर कमायो भनेर पढिन्थ्यो। आज आफ्नै अगाडि २२ वर्षीय युवा सुनौला सपना देखेर अगाडि आएको छ।’

पूर्व राष्ट्रियसभा सदस्य समेत रहेका मन्त्री कुँवर अछाम निवासी हुन्। 

कमेन्ट लोड गर्नुस