सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको वडा विशेषज्ञ स्वास्थ्य क्लिनिकबाट रेफर गरिएका २९ जनाको नि:शुल्क शल्यक्रिया

२०७९ भदौ २०, ०९:५३ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको वडा विशेषज्ञ स्वास्थ्य क्लिनिकमा आँखामा जलबिन्दु र मोतिबिन्दु भएका कारण रेफर गरिएका २९ जनको नि:शुल्क शल्यक्रिया गरिएको छ। जलबिन्दु र मोतिबिन्दुको समस्या देखिएका ४० जनामध्ये २९ जनाको आज शल्यक्रिया गरिएको हो।

नेत्रज्योति संघ गेटा आँखा अस्पताल र धनगढी उपमहानगरपालिकाद्वारा वडा नम्बर १ स्थित बुद्ध मन्दिर नजिक रहेको नेत्रज्योति संघ गेटा आँखा अस्पताल उप केन्द्रमा नि:शुल्क शल्यक्रिया गरिएको बताइएको छ। एक जना बिरामीलाई भने कोभिड पोजेटिभ देखिएकाले उनको पीसीआर नेगेटिभ आएपछि मात्रै शल्यक्रिया गरिने जनाइएको छ।

कमेन्ट लोड गर्नुस