सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा २८ सय मतदाता थपिए

२०७९ भदौ २०, ०९:२० खबर संवाददाता

बैतडीः जिल्लामा करिब २८ सय मतदाता थपिएका छन्। आगामी मंसिर ४ का लागि घोषणा गरिएको संघीय र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन गत निर्वाचनको भन्दा २ हजार ८ सय ८ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

योसँगै कुल मतदाताको संख्या १ लाख ५१ हजार ४ सय १४ पुगेको छ। गत असार १ गतेदेखि निर्वाचन कार्यालय, प्रशासन र इलाका प्रशासन कार्यालय पुरचौडी हाटमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो। थपिएका मतदातामध्ये १ हजार ५ सय ९ जना पुरुष र १ हजार २ सय ८९ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए।


 

कमेन्ट लोड गर्नुस