सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा गौराले बढायो व्यापार 

२०७९ भदौ १८, ०२:१३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा गौरा पर्व सुरु भएसँगै व्यापार पनि बढेको छ। पर्व सुरु भएपछि सुस्त रहेको प्रदेशको पहाडी क्षेत्रका बजारको कारोबार बढेको एकाएक बढेको हो। 

गौराका कारण सुदूर पहाडका जिल्ला सदरमुकाम तथा ग्रामीण बजारमा ग्राहक बढेका छन्। अहिले दैनिक उपभोग्य वस्तु तथा तथा लत्ताकपडाको व्यापार बढेको व्यवसायीहरू बताउँछन्। लामो समयदेखि सुस्त रहेको बजार गौराले बढाएको दार्चुलाका स्थानीय गणेशसिंह धामीले बताए।

अहिले गौरा पर्वको चहलपहल गाउँसहरमा बढिरहेको छ। यहाँका सबै ठाउँहरूमा अन्य पर्वभन्दा गौरालाई महत्त्वका साथ मनाइने हुँदा व्यापार बढेको हो। यो चाडमा नयाँ लत्ताकपडा र गहना किन्ने चलन रहेकोले कारोबार बढेको उनको भनाइ छ।

गौरा मनाउन घरबाहिर रहेका मानिसहरू घर फर्कंदै छन् । ग्रामीण भेगमा मानिस नयाँ लुगा तथा गहना किन्न बजार झर्दै छन्। ग्रामीण भेगमा स–साना बजार भए पनि गाउँका स्थानीय चाडपर्वको बेला बढी मात्रामा सामान खरिद गर्ने हुँदा ठूला बजार धाउने गरेको बताइएको छ। अन्य समयको तुलनामा व्यापार बढेपछि सुदूर पहाडका व्यवसायीहरु खुसी भएका छन्।


 

कमेन्ट लोड गर्नुस