सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ३ किलो चरेससहित एक जना पक्राउ

२०७९ भदौ १५, ०८:१७ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा ३ किलो चरेससहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका ६ चुनेपानीबाट प्रहरीले एक जनालाई चरेससहित पक्राउ गरेको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले बझाङ केदारस्युँ गाउँपालीका ७ बस्ने ४२ वर्षीय शेरबहादुर धामीलाई पक्राउ गरेको हो। 

उनको साथबाट ३.११८ ग्राम लागूऔषध (चरेश),डिजिटल तराजु थान १, मोवाइल थान १ र नगद २९ हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस