सुदूर नेपाललाई विश्वसँग जोड्दै

माया मेट्रो अस्पताल ५औँ वर्षमा प्रवेश, सम्पूर्ण परीक्षणमा २५ प्रतिशत छुट दिने

२०७९ भदौ १५, ०५:५८ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीस्थित छ लेन सडकसँगै रहेको माया मेट्रो अस्पताल प्रालीले आफ्नो सेवाको चार वर्ष पूरा गरेको छ।  अस्पतालले यही भदौ १५ गते आफ्नो सेवा कालका चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको हो। 

अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारी आफ्ना सम्पूर्ण परीक्षण सेवाहरू, ल्याब टेस्ट, एक्स–रे लगायतका सेवाहरूमा २५ प्रतिशत छुट दिने जनाएको छ। अस्पतालका अध्यक्ष धिरेन्द्र सावदका अनुसार अस्पतालले यही भाद्र १५, १६ र १७ गते उक्त सेवाहरूमा उल्लेखित छुट दिनेछ। 
 

कमेन्ट लोड गर्नुस