सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले महासचिव पोखरेल बिहीबार सुदूरपश्चिम आउने 

२०७९ भदौ १५, १२:२८ खबर संवाददाता

धनगढी: नेकपा एमालेका महासचिव शंकर पोखरेल बिहीबार सुदूरपश्चिम आउने भएका छन्। एमाले बैतडीले भोलि पाटनमा कार्यकर्ता प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ।

महासचिव पोखरेल सोही भेलालाई सम्बोधन गर्न बैतडी आउन लागेका एमालेका केन्द्रीय सदस्य एवं बैतडी सह–इन्चार्ज लिलाधर भट्टले बताए। आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर कार्यकर्ता प्रशिक्षण गर्न लागिएको जनाएइको छ। कार्यकर्ता प्रशिक्षणका लागि नै महासचिव पोखरेल बैतडी आउने कार्यक्रम तय भएको सह–इन्चार्ज भट्टले बताए। 

प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको र निर्वाचनको तयारी स्वरुप प्रशिक्षण हुने उनले बताए। प्रशिक्षणमा जिल्लाभरका नेता कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ। 

कमेन्ट लोड गर्नुस