राष्ट्रिय खेलकुदका लागि बैतडीमा पुरुष र महिला भलिबल खेलाडी छनोट
धनगढी: बैतडीबाट महिला र पुरुष भलिबल खेलाडी छनोट गरिएका छन्। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि जिल्लाबाट १२/१२ जना खेलाडी छनोट गरिएका हुन्।
पुरुष भलिबलतर्फ दिनेश चन्द, राकेश साउँद, रोशन चन्द, धनबहादुर महरा, विनोद चन्द, गोविन्द साउँद, सुरेन्द्र भाट, गणेश साउँद, कल्पेश चन्द, गम्भीर साउँद, करन चन्द र विकास बिष्ट छनोट भएका छन्। महिला भलिबलतर्फ दुरा भट्ट, सम्झना चन्द, बेलु भट्ट, सीता चन्द, सुनिता साउँद, बेलु चन्द, सरीता चन्द, सरस्वती भट्ट, उर्मिला कठायत, मनिषा चन्द, निला चन्द र खगेश्वरी धामी छनोट भएका छन्।
आगामी असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ। सोही प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेलकुद प्रतियोगितामा सहभागी हुन खेलाडी छनोट गरिएका हुन्।