सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुरचौंडीमा ४० परिवारको बिचल्ली, ९५ घरधुरी जोखिममा

२०७९ भदौ १४, ०४:५५ खबर संवाददाता

धनगढीः बैतडीको पुरचौंडी नगरपालिका–८ को कमेरपानीमा २७ वर्षअघि सुरु भएको पहिरोले ४० घरपरिवारलाई बिचल्लीमा परेको छ। २०५२ सालदेखि बग्न थालेको पहिरोले ९५ घरधुरी उच्च जोखिममा परेका छन्।

एक स्थानीयका अनुसार बर्खामा मात्रै होइन, यहाँ हिँउदमा समेत पहिरो खस्छ। पहिरोले यहाँका डणपुर, लामुनी, चिमडा, टुणेँत, सल्ला, गरखा, पेल्तडी, धन्नासी, न्वाकोट लगायतका गाउँ जोखिममा परेका छन्। खानेपानीको मुहानसमेत पहिरोले लगेपछि गाउँमा पानीको समस्या छ। 

कमेन्ट लोड गर्नुस