सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हात्तीको आक्रमणबाट मृत्यु भएकी युवती को हुन् ? 

२०७९ भदौ १३, ०९:२० खबर संवाददाता

धनगढी: कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका ७ मा हात्तीको आक्रमणबाट युवतीको मृत्यु भएको हो। 

सोही ठाउँकी २२ वर्षीया मिना जोशीको मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गर्ने समयमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। 

कमेन्ट लोड गर्नुस