सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा (एस) बाजुराद्वारा शाही सिफारिस, प्रदेशसभामा को-को परे ? 

२०७९ भदौ १३, ०१:५१ खबर संवाददाता

धनगढीः नकपा एकीकृत समाजवादीले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेशकुमार शाहीलाई सिफारिस गरेको छ। जिल्ला कमिटीको विस्तारित बैठकले शाहीको नाम एकलरूपमा सिफारिस गरेको हो।

बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हिक्मतबहादुर शाही, जिल्ला पार्टी सचिव पुरबहादुर रावत र युवासंघका केन्द्रीय उपमहासचिव धर्मबहादुर शाहीको नाम सिफारिस गरेको छ।

प्रदेश (ख) का लागि एसका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गगन रावल र मन्देवी साउद खड्कालाई सिफारिस गरिएको पार्टीले जनाएको छ। संघको समानुपातिकतर्फ काँशि नेपाली ,दावा गुरूङ् भोटे र सत्य खड्का थापालाई सर्वसम्मत सिफारिस गरिएको छ। त्यस्तै प्रदेशसभा समानुपातिकतर्फ अमृता रावल बोहरा र सतल कामी विकको नाम पठाइएको छ। 

बाजुराका अध्यक्ष गगन रावलको अध्यक्षतामा बसेको बैठकले स्थानीय चुनावको समीक्षा र आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको रणनीतिबारे छलफल गरेको थियो।

कमेन्ट लोड गर्नुस