कञ्चनपुरमा नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह
धनगढी: कञ्चनपुरका नदी तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका गाउँहरुमा सबैलाई सुरक्षित रहन आग्रह गरिएको हो।
जिल्लामा भारी वर्षा भइरहेको र मोहना मालाखेतीमा जलसतह सतर्कता तह पुगेको तथा कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधर लगायत साना खोलाहरुमा आकस्मिक वाढी आउनको साथै होचा ठाउँमा डुवान हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरिएको प्रशासनले जनाएको छ।
सम्बन्धी सूचना जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएकोले सम्बन्धित सबैमा आज राती १२ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। हार्दिक अनुरोध छ।