सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा दुई दिन सार्वजनिक बिदा 

२०७९ भदौ ११, ०७:३१ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले थारु समुदायको अटवारी पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको हो।

शुक्रबार सूचना जारी गर्दै नगर प्रमुख पोतीलाल चौधरीले यही भदौ १२ र १३ गते नगरपालिका क्षेत्रभित्र दुई दिन स्थानीय सार्वजनिक बिदा दिइएको जनाएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले भने  कैलाली र कञ्चनपुरमा आइतबार १२ गते मात्रै सार्वजनिक बिदा दिएको छ।

 
कमेन्ट लोड गर्नुस