सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आइरहेको कार कञ्चनपुरमा मोटरसाइकलसँग ठोक्किएपछि...

२०७९ भदौ १०, ०४:३० खबर संवाददाता

धनगढीः कञ्चनपुरको पुनर्वासमा कार र मोटरसाइकल आपसमा ठोक्किएपछि दुर्घटना भएको छ। पुनर्वास नगरपालिका वडानम्बर ५ को दोधा र सिमरीबीचको हुलाकी सडकखण्डमा मोटरसाइकल र कार आपसमा ठोक्किएका हुन्। 

उक्त दुर्घटनामा २ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेलौरीबाट धनगढीतर्फ आइरहेको सुपप्र ३-०१-०२२ च ९४९२ को कार र धनगढीबाट  बेलौरीतर्फ गइरहेको गरेको सुपप्र ०२-००३ प-५०८२ को मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

घाइते हुनेमा मोटरसाइकल चालक र पछाडि सवार रहेका व्यक्ति रहेका छन्। उनीहरुको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको बताइएको छ। तर, पहिचान खुलेको छैन। 

कमेन्ट लोड गर्नुस