सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ वर्षीया बालिका मृत फेला

२०७९ भदौ १०, ०२:२७ खबर संवाददाता

धनगढीः कञ्चनपुरको दुई वर्षीया बालिका नहरमा मृत भेटिएकी छन्। भीमदत्त नगरपालिका–१७ मा बडुवाल चौराहाका खेमराज भट्टकी छोरी मुस्कानको शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।

बिहीबार साँझ ६ बजेदेखि बालिका घरबाट हराएकी थिइन्। नहरमा डुबेको आशंकामा अभिभावकले खोजतलासका लागि सशस्त्र प्रहरीलाई खबर गरेका थिए। सशस्त्र प्रहरी नायव निरीक्षक जगतसिंह थापाको कमाण्डमा खटिएको टोलीले शुक्रबार घरभन्दा करिब ७ सय मिटर दक्षिण नहरमा शव भेटाएको हो। बालिकाको नहरमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस