सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कार्यालय सहयोगीलाई बलात्कार प्रयास गर्ने स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

२०७९ भदौ ९, ०९:३८ खबर संवाददाता

बैतडी: बैतडीमा कार्यालय सहयोगीलाई बलात्कार प्रयास गरेको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज पक्राउ परेका छन्। सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज समेत रहेका २७ वर्षीय अहेव खगेन्द्र धामी पक्राउ परेका हुन्। 

स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रूपमा काम गर्दै आएकी महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घटना असार १६ गतेको भएपनि अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ। । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस