सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शिक्षकले नै छात्रामाथि बलात्कार गरेको आरोप 

२०७९ भदौ ९, ०३:५५ खबर संवाददाता

धनगढीः बैतडीमा शिक्षकले एक छात्रामाथि बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको मेलौली नगरपालिकास्थित वडानम्बर ३ को लेकमा बिहीबार बिहान शिक्षकले छात्रामाथि बलात्कार गरेको आरोप लागेको हो। 

मेलौलीको कृतिपुर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक किशोर जोशीले छात्रामाथि बलात्कार गरेको जानकारी आएको र प्रहरी टोली त्यहाँतर्फ गएको इलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे बुझ्ने काम भैरहेको छ। यस्तै घटनाबारे थप विवरण खुल्न बाँकी रहेको जनाइएको छ।  

कमेन्ट लोड गर्नुस