सुदूर नेपाललाई विश्वसँग जोड्दै

बढ्यो सुनचाँदीको मूल्य

२०७९ भदौ ८, ११:४१ खबर संवाददाता

काठमाडौं: आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।  हिजो मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ।

हिजो मंगलबार प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

कमेन्ट लोड गर्नुस