सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ भदौ ७, ०७:५२ खबर संवाददाता

बैतडी: बैतडीका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको छ। जिल्लाको सतबाँझस्थित भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको र सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा पनि शंकास्पद वस्तु भेटिएको जोशीले बताए। 

सडकमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको सेनानी गोविन्द थापाले जानकारी दिए। बम हो कि अथवा अन्य वस्तु हो भन्ने विषयमा डिस्पोज गरेपछि मात्रै थाहा हुने उनले बताए। 

विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन्। उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस