सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रशासनको मुखैमा यस्तो ठगी धन्दा !

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ ५, ०१:०५ खबर संवाददाता

धनगढीः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय नजिकै ठगी धन्दा भैरहेको बताइएको छ। त्यहाँका स्थानीयहरुले यस्तो बताएका हुन्। 

सरकारले राष्ट्रिय परिचयपत्र निशुल्क बनाइने भनेको छ। तर, कञ्चनपुरमा भने फाराम भरेको बदलामा रकम लिने गरेको पाईएको छ। सरकारले निशुल्क उपलब्ध गराई रहेको परिचयपत्रमा कञ्चनपुर प्रशासन कार्यालय नजिक रहेका खोका तथा छाप्राका पसल सञ्चालकहरुले दुईदेखि तीन सय रुपैयाँसम्म असुल्ने गरेको सेवाग्राहीहरुले बताएका छन्। 

भीमदत्त नगरपालिका–४ का प्रकाश भट्टले आफूलाई तत्काल परिचयपत्र बनाइदिने भन्दै ठगेको बताएका छन्। आफूलाई २५० तिरेर फारम भर्न लगाएको र काम छिटो हुन्छ भन्दै ठगेको उनले बताए। तर, उनको काम निर्धारित समयमै भएको थियो। 

यस्तै उनीजस्तै अन्य सेवाग्राहीलाई पनि लुट्ने काम भैरहेको बताइएको छ। यता, प्राशासन कार्यालयले भने गैरकानुनी रुपमा रकम असुल गर्न नपाईने र ती पसल सञ्चालकहरुलाई सम्झाउने जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस