आजदेखि सुदूरपश्चिमका ६ जिल्लामा बालबालिकालाई फाइजर खोप दिइने
२०७९ भदौ ५, १०:२९
धनगढी: आजबाट सुदूरपश्चिमका ६ जिल्लामा बालबालिकालाई फाइजर खोप दिइने भएको छ। पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइन लागेको हो।
प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइन लागेको हो। यी जिल्लामा भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन हुनेछ।
कमेन्ट लोड गर्नुस