सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा बाढी पहिरोमा परि ३२ जनाको मृत्यु, एक दर्जन बेपत्ता

२०७९ भदौ ५, ०९:३४ खबर संवाददाता

एजेन्सी: हिमाञ्चल प्रदेश, झार खण्ड, ओडिसा र उत्तराखण्ड लगायत धेरै राज्यहरूमा भारी वर्षापछिको बाढी पहिरोमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। हिमाञ्चल प्रदेशमा शुक्रबार देखिको भारी वर्षापछिको पहिरो र बाढीका कारण एकै परिवारका आठ सदस्यसहित कम्तीमा २२ जनाको मृत्यु भएको छ।

उक्त राज्यमा र वर्षासँग सम्बन्धित घटनाहरूमा १० जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका छन्। उत्तराखण्डमा चार जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।  नदीले खतराको चिन्ह नाघेका र पुलहरू बगाएपछि कैयौँ गाउँबाट हजारौँलाई विस्थापित गरिएको छ। पहिल्यैदेखि बाढीको चपेटामा परेको ओडिसाका ५ सय गाउँका ४ लाख मानिस प्रभावित भएका छन्।   

कमेन्ट लोड गर्नुस