बैतडीमा युवायुवती मृत फेला
बैतडी: बैतडीमा युवायुवती मृत फेला परेका छन्। जिल्लाको सिगास गाउँपालिका– ५ रातापोडमा युवायुवती मृत फेला परेका हुन्।
२२ वर्षीय केशव दमाई र १८ वर्षीय रमिता बिक मृत फेला परेको वडा सदस्य मानबहादुर धामीले जानकारी दिए। घर नजिकैको चिउरीको रुखमा झुण्डिएको अवस्थामा उनीहरु फेला परेको वडा सदस्य धामीले बताए। अहिले घटनास्थलमा प्रहरी टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।