बैतडीमा नयाँ डिएसपी आएपछि धमाधम गाँजा फाड्दै प्रहरी
बैतडीः बैतडीमा प्रहरीले गाँजा फडानी अभियान सुरु गरेको छ। जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी प्रेमबहादुर शाही आएसंगै गाँजा फडानी अभियान थालिएको छ।
गाँजा लागुऔषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान थालिएको बताइएको हो। अहिलेसम्म सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकाका विभिन्न स्थानमा गाँजाका बोटहरु नष्ट गरिएको प्रहरीले बताएको छ।