सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पहिलो पटक स्नातकोत्तर पढाई

२०७५ फाल्गुन १७, ०६:०९ प्रकाश सिंह

बाजुरा जिल्लामा पहिलो पटक स्नातकोत्तर (डिग्री) को पढाई सञ्चालन हुने भएको छ । सुदुरपश्चिम विश्व विद्यालय अन्तर्गत बाजुरा क्यापसमा स्नातकोत्तरको पढाई सञ्चालन हुने भएको बाजुरा क्यापसका क्याम्पस प्रमुख सुरेश पण्डितले वताए। बाजुरा क्यापसले शिक्षा संकाय अन्तर्गत नेपाली र पाठ्यक्रम योजना नेतृत्व विकासको भर्ना लिएको छ। त्यस्तै मानवीय संकायमा ग्रामीण विकास बिषयमा भर्ना लिन सुरु गरेको प्रमुख पण्डितले वताए। नेपाली बिषयमा ४० जना, पाठ्यक्रम योजना नेतृत्व विकास बिषयमा ५० जना र ग्रामीण विकास बिषयमा ६० जना प्रवेशिका परिक्षामा सहभागी भएका थिए । उनीहरु अहिले भर्ना भइरहेका छन् ।

केही विद्यार्थीले ढिलो जानकारी पाएकाले फेरी पनि फागुन २५ गते दोस्रो चरणको प्रवेशिका परीक्षा गर्ने क्यापस प्रमुख सुरेश पण्डितले वताए। स्नातकोत्तर पास गर्न ७० देखि ८० हजारसम्म खर्च लाग्ने उनले वताए।  दुर्गम बाजुरा जिल्लामा पहिलो पटक स्नातकोत्तर पढाई सञ्चालन हुने भएपछि आर्थिक अवस्था कमजोर भएका जिल्ला बाहिर जान नसक्नेका लागि ठुलो सहयोग पुगेको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताए। स्नातक तहसम्मको पढाई सकेर घरमै बसेका स्नातकोत्तर पढ्न जिल्ला बाहिर जान नसकेका १० वर्षदेखिका विद्यार्थी समेत भर्ना भएका छन्। स्नातक तहको पढाई सकेर राजनितिक पेशामा लागेकोले जिल्लामै पहिलो पटक स्नातकोत्तरको पढाई हुने भएपछि बाजुरा क्याम्पसमा भर्ना भएको जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र कुमार रोकायाले वताए।

स्नातकोत्तरसम्मको पढाई सञ्चालन त सुरु गर्यौ, तर केही समस्या भने रहेको क्यापसले जनाएको छ । सुदुरपश्चिम विश्व विद्यालयले बाजुरा क्यापसलाई आंगिक क्यापस बनाएको भएपनि विश्व विद्यालय नै अस्तव्यस्त भएकाले अहिले क्यापस सञ्चालनमा समस्या आउन सक्ने स्ववियु सभापति चेतन अयडीले वताए। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस