बैतडीको शिवनाथ –डडेल्धुरा जोड्ने सडक असारदेखि अवरुद्ध हुदा सास्ती
असारदेखि अवरुद्ध भएको बैतडीको शिवनाथ गाउँपालिकालाई डडेल्धुरा सदरमुकामसँग जोड्ने देहीमाडौँ स्वल्पला सडक खुलाउन पहल नहुदा आवतजावतमा सास्ती भएको छ। गत वर्ष मात्रै सञ्चालनमा आएको १४ किलोमिटर सडक असारमा आएको पहिरोका कारण अवरुद्ध भएपनि खुलाउन पहल नगरिदा सर्वसाधारणलाई आवातजावतमा सास्ती भएको हो।
सडक अवरुद्ध भएपछि स्थानीयहरुले घण्टौँ सम्म पैदल यात्रा गरी डडेल्धुरा सदरमुकाम आवजाउ गर्ने गरेका छन्। दैनिक उपभोग्यका सामानका लागि समेत डडेल्धुरा सदरमुकाम आउने स्थानीयलाई अहिले पैदल यात्रा गर्दै ढुवानी गर्नुपर्ने बाध्यता आईलागेको छ।
गत वर्ष सडक सञ्चान हुदा सहज यात्रा गर्न पाउने आशा पलाएपनि छोटो समयमै अवरुद्ध भएको सडक खुलाउन कसैले पहल नगरिदिदा कष्टकर यात्रा गर्नुपरेको स्थानीयले बताएका छन्। तर सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य लिलाधर भट्टले भने अवरुद्ध सडक खुलाउन आफूले पहल गरिरहेको दावी गरेका छन्।
उनले सडक खुलाउन यो महिना भित्रै काम थाल्ने बताए। उनले विगतमा संघिय सरकार मातहत रहेको सो सडकका लागि प्रदेश सरकारले एक करोड २६ लाख बजेट समेत विनीयोजन गरिसकेको जानकारी दिए। अवरुद्ध सडक खुलाउन र थप ट्रयाक खोल्न बजेट विनीयोजन भएकाले छिट्टै टेण्डर प्रक्रिया अघि बढ्ने भट्टको भनाई थियो।