५ सयले बढ्यो सुनको मूल्य
काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले महङ्गिएको छ। गत शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई सुनलाई आज ९७ हजार ८०० रुपैयाँ पर्नेछ। जुन शुक्रबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले बढी हो ।
त्यस्तै, तेजावी सुनलाई आज प्रतितोला ९७ हजार ३०० रुपैयाँ पर्नेछ। यसअघि तेजावी सुनको भाउ तोलामा ९६ हजार ८०० रुपैयाँ रहेको थियो।
चाँदीको भाउसमेत बढेर एक तोलामा एक हजार २५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो।